नियम १२
साधारण सभाको अध्यक्ष
प्रत्येक साधारण सभामा समितिको अध्यक्षले अध्यक्षता गर्न पाउनेछ । त्यस्तो कुनै अध्यक्ष नभएमा वा कुनै सभामा बैठक हुन तोकिएको समयले १५ मिनेटसम्म पनि निज उपस्थित नभएमा वा उपस्थित भएपछि अध्यक्षता गर्न इच्छुक नभएमा उपस्थित शेयरहोल्डरहरूले अर्को सञ्चालकलाई सो सभाको निमित्त अध्यक्ष छान्ने छन् । सबै सञ्चालकहरू उपस्थित नभएमा वा उपस्थित भएपछि अध्यक्षता गर्न इच्छुक नभएमा उपस्थित शेयरहोल्डरले आफूमध्ये एक जनालाई अध्यक्ष छान्ने छन्